close

कागेश्वरी मनोहरा नगरपालिकाको अत्यावश्यकबाहेक सबै सेवा बन्द 

कागेश्वरी मनोहरा नगरपालिकाको अत्यावश्यकबाहेक सबै सेवा बन्द 

Trulli
ADVERTISEMENT

काठमाडौं - कागेश्वरी मनोहरा नगरपालिकाले अत्यावश्यकबाहेक कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द गर्ने भएको छ । 


कोरोनाको बढ्दो अवस्थालाई कारण देखाउँदै २ कात्तिकदेखि लागू हुने गरी सबै सेवा बन्द गरिएको नगरपालिकाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 


प्रशासन शाखा, स्वास्थ्य शाखा, योजाना शाखा र लेखा शाखासँग सम्बन्धित अत्यावश्यकबाहेक अन्य सबै सेवा बन्द गरिएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले बताए । 


कागेश्वरी मनोहरा नगरपालिकाभित्र हालसम्म ६ सय ८५ संक्रमित रहेका छन् ।  ५ जनाको मृत्यु भएको छ ।