close

सिलाइ-कटाइ सिकाउँदै चापाकोट

सिलाइ-कटाइ सिकाउँदै चापाकोट

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको चापाकोट नगरपालिकामा तीन महिने सिलाइ कटाइ तालिम सुरु भएको छ । जलदेवी आमा समूह चापाकोट नगरपालिका वडा-५ खासाको आयोजना र चापाकोट नगरपालिका कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 


सिलाइ-कटाइ तालिम उद्घाटन समूहका अध्यक्ष सीता खाँड र चापाकोट नगरपालिका प्रमुख शिवकुमार गिरीले संयुक्त रुपमा गरेका थिए ।


कार्यक्रममा नगरप्रमुख गिरीले तालिम सिकेपछि त्यसलाई व्यवहारमा ल्याउन आग्रह गरे । ‘सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउन सघाउँछ । तालिम सिकेर आत्मनिर्भर बनेपछि महिलाको आयस्तर उकासिन सक्छ’, गिरीले भने ।


वडा- ५ का वडाध्यक्ष इन्द्र शाहीले तालिम सिकेपछि प्रयोगमा ल्याए मात्र प्रतिफल पाउन सकिने बताए ।