close

अवैध उत्खननमा संलग्न ट्रयाक्टर समातिए 

अवैध उत्खननमा संलग्न ट्रयाक्टर समातिए 

Trulli
ADVERTISEMENT

नवलपरासी- जिल्ला समन्वय समिति पश्चिम नवलपरासीले झरही खोलाबाट अवैध उत्खनन गरिरहेका २ वटा ट्रयाक्टर नियन्त्रणमा लिएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ३ झरही नदीमा बालुवा चोरी निकासी भइरहेको गुनासो बढेपछि समन्वय समितिले अनुगमनका क्रममा बालुवा र भस्कट लोड गरिरहेका २ ट्रयाक्टर नियन्त्रणमा लिएको समिति प्रमुख शिवशंकर रायले बताए ।


रायकै नेतृत्वमा अनुगमनमा पुगेको टोलीले नदीमा अवैध उत्खनन गरिरहेका लु४त ५०३६ नम्बर र लु३त ८३११ नम्बरको पावरट्रेक बालुवा भस्कट लोडेड ट्रलीलाई नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाएको हो ।


‘खोलाको वैधानिक रूपमा ठेक्कापट्टा नभएको र स्थानीय व्यापारीले नै अवैध उत्खनन गरिरहेको पाइएपछि समन्वय समितिले अनुगमन गरेको हो’, रायले भने । नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई पाल्हिनन्दन गाउँपालिकाद्वारा निर्धारित जरिमाना तिराइने र बालुवा भस्कट जफत गरिने रायले बताए ।


वडा नम्बर ३ ले ठेक्का लगाएर उत्खनन गरिरहेको देखिएकाले यस विषयमा थप अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ । झरही नदीको पानीढलोले जिल्लाको सुनवल रामग्राम, सरावल र पाल्हीनन्दन गाउँपालिका समेट्छ ।