close

माडीको अयोध्यामा रामधाम, काठमाडौंमा तयार भए सीता–राम

माडीको अयोध्यामा रामधाम, काठमाडौंमा तयार भए सीता–राम

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवन माडीको कृष्णनगर पार्कमा निर्माणाधीन अयोध्या रामधाममा राख्न काठमाडौंमा श्रीराम र सीताको मूर्ति तयार भएको छ ।


गत शनिबार प्रधानमन्त्री केपी ओलीलाई भेट्न पुगेको माडीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसहित श्रीराम र सीताका मूर्तिको अवलोकन गरेको हो । 

 

निर्माण भएका मूर्ति श्याम वर्णका छन् । केही दिनअघि भरतपुरमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले राम र सीताको मूर्ति बनिसकेको र अन्य मूर्ति निर्माण चरणमा रहेको बताएका थिए । 


आउँदो रामनवमीमा प्राणप्रतिष्ठा गरी मूर्ति स्थापना र रामधामको शिलान्यास गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

 

प्रधानमन्त्री ओलीसँगको भेटमा माडीको प्रतिनिधिमण्डलले चितवन राष्ट्रिय निकुञ्ज, बाँदरझुला बस्ती व्यवस्थापन, रीउ करिडोर निर्माण र अयोध्याधामको विषयमा छलफल गरेको थियो ।

 

छलफलमा प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको माडी नगरपालिकाका प्रवक्ता तथा प्रतिनिधिमण्डलका सदस्य शिवहरि सुवेदीले जानकारी दिए ।