close

३ वर्षदेखि सडकमै बास

३ वर्षदेखि सडकमै बास

Trulli
ADVERTISEMENT

मुगु- सेतो, कालो फुलेको कपाल । हातमा घडी, ठडिएको लौरो । न्यानो ज्याकेट, पछाडि निगालोले बुनेको डोको । अन्य बाटो छेउमै बिछ्याइएको ओछ्यान । मुगुम कार्मारोङ गाउँपालिका वडा नम्बर ९ छाइलका बलरुप बुढा उमेरले ६० कटे । ३ वर्षदेखि बाटोलाई नै घर बनाएर बसेका छन् । 


बुढाका आफन्त, घरपरिवारको मृत्यु भएको र गाउँलेले श्रीसम्पत्ति आफैं उब्जाएर खाएपछि आफू सडकमा पुगेको बुढाको गुनासो छ । उनले भने, ‘घरको सम्पत्ति खान पाइएन । राज्यबाट पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवाबाट पनि वञ्चित छु ।’ 

 

राज्यको सुविधा नपाउनुमा नागरिकताको प्रमाण पत्र नहुनु, आफन्त, घरपरिवार, छरछिमेकसँग नागरिकताका लागि पहल गरे पनि सहयोग नपाएको उनी सुनाउँछन् । बुढा भन्छन् ‘अहिले मसँग कोही पनि छैन । एक गास भात पनि खान पाउँदिनँ । बाटो हिँड्नेको दया पलाए एक गास खान्छु । कसैले हातको मुठी बन्द गरे कहिले भोकै बस्ने र कहिले आफ्नै दिसापिसाब खान बाध्य छु ।’ बुढा एक ठाउँबाट अर्को ठाउँसम्म हिँड्न सक्दैनन् । ओछ्यानमै बास, दिसापिसाब पनि त्यही गर्छन् । 


जुम्लाबाट मुगुको छाइल बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यापारी मानबहादुर शाहीले आक्कलझुक्कल खाना दिने गरेको उनले सुनाए । ‘घरमा जहान परिवार छन् । त्यही खाना बचेपछि बुढालाई दिने गरेको छु’, शाहीले भने । 


बाटो हिँड्दा खान नपाएर छट्पटिएका बेला बुढा रुँदै गरेको देखिने उनले सुनाए । उद्धारका लागि सम्बन्धित निकायमा पहल गरिरहेको शाहीले बताए । 


बेसहारा पीडित बुढाको उद्धारका लागि स्थानीय सरकारसँग हारगुहार गरिएको छ । ‘३ वर्ष बाटोमै दिन बिताएँ । अब कसैले दया मानेर उद्धार गरिदिए केही वर्ष भए पनि बाँच्ने थिएँ,’ बुढाले भने ।