close

नमोबुद्धका मेयरको पहलमा अलपत्र व्यक्तिको उद्दार

नमोबुद्धका मेयरको पहलमा अलपत्र व्यक्तिको उद्दार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाको भकुन्डेबेँसी बजारमा अलपत्र अवस्थामा रहेका एक व्यक्तिको उद्दार गरिएको छ ।

 

नमोबुद्ध नगरपालिकाको पहलमा उद्दार गरिएका ती व्यक्तिलाई मानव कल्याण समाजको धुलिखेलस्थित सेवा घरमा पठाइएको छ ।

 

नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मासहित नगरपालिका र मानव कल्याण समाजको टोली ती व्यक्तिको उद्दारका लागि पुगेको थियो । 

 

हिन्दी भाषा मात्रै बोल्ने अन्दाजी ३५ वर्ष उमेरमा ती व्यक्ति झन्डै तीन सातादेखि भकुन्डे बजारमा अलपत्र अवस्थामा थिए । सडकमै बस्दै आएका उनको नाम, ठेगाना खुल्न सकेको छैन । 

 

नमोबुद्ध नगरपालिकालाई सडक मानवमुक्त नगर बनाउने उद्देश्यले ती व्यक्तिको उद्दार गरिएको र उनको हेरचाह तथा स्वास्थ्य उपचारलगायतको व्यवस्थापन मानव कल्याण समाजमा हुने नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले बताए ।

 

‘घरपरिवारविहीन अवस्थामा रहेका सडक मानवको उचित हेरचाह र सेवाका लागि नगरपालिकाले विगतदेखि नै पहलकदमी लिएको छ,’ तिमल्सिनाले भने । 

 

नमोबुद्ध नगरपालिकाले सडकमा अलपत्र अवस्थामा बस्दै आएका व्यक्तिको उद्दार, हेरचाहका लागि मानव कल्याण समाजसँग सम्झौता गरेर सडक मानवको उद्दार गर्दै आएको छ । पछिल्लो एक वर्षमा भकुन्डे क्षेत्रबाट सडक मानवको उद्दार गरिएको यो चौथो पटक हो ।

 

यसअघि नगरपालिकाको पहलमा तीन जनाको उद्दार भइसकेको छ । तीनै जना हाल मानव कल्याण समाजको सेवा घरमा आश्रित छन् ।