close

सोनमा गाउँपालिका अध्यक्ष यादवले भ्रष्टाचार गरेको दाबीसहित स्थानीयले दिए अख्तियारमा छानबिनको उजुरी

पालिका खबरमा प्रकाशित समाचार सेयर गर्ने स्थानीयलाई समेत जनप्रतिनिधिकाे धम्की

सोनमा गाउँपालिका अध्यक्ष यादवले भ्रष्टाचार गरेको दाबीसहित स्थानीयले दिए अख्तियारमा छानबिनको उजुरी

पालिका खबरमा प्रकाशित समाचार सेयर गर्ने स्थानीयलाई समेत जनप्रतिनिधिकाे धम्की

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीको सोनमा गाउँपालिका अध्यक्ष राजकुमार यादवले पालिकामा अनियमितता गरेको दाबीसहित छानबिनका लागि स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएका छन् । अध्यक्ष यादवसँग गाडी नभए पनि इन्धन खर्चको नाममा भाडाबापत लाखौँ लिएको, विकास बजेटमा उपभोक्ता समिति र ठेकेदारसँग मिलेर भ्रष्टाचार गरेको दाबीसहित स्थानीयले अख्तियारमा छानबिनका लागि निवेदन दिएका हुन् ।


कार्यालयमा कार्यरत कर्मचारी तथा प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर विभिन्न शीर्षकमा अध्यक्ष यादवले लाखौँ अनियमितता गरेको प्रतिवेदन सार्वजनिक भएपछि स्थानीयले अख्तियारमा निवेदन दिएका हुन् । २०७४/७५ र २०७६/७७ को महालेखा परीक्षकको कार्यालयबाट सार्वजनिक प्रतिवेदनअनुसार जनप्रतिनिधि र कर्मचाररूको मिलोमतोमा सामान्य फोटोकपी गर्नेदेखि लिएर कुचो खरिद गर्दासमेत व्यापक अनियमितता भएको देखिएको छ ।


७ हजार पर्ने साइकललाई १० हजार रुपैयाँमा खरिद गरेको, पालिकाबासीले २०७४/७५ को बजेट कुन शीर्षकमा कति खर्च भयो भन्ने विषयमा सूचना माग्दा उल्टै धम्क्याउने गरेको, पैसा भुक्तानी गर्दा नियम कानुनलाई अवज्ञा गरेकोजस्ता आरोपसहित स्थानीयले अख्तियारमा निष्पक्ष छानबिनको माग गरेका छन् ।


२७ असारमा बर्दिबास र ३ साउनमा काठमाडाैंस्थित अख्तियारको कार्यालयमा सोनमाका जनप्रतिनिधिविरुद्ध छुट्टाछुट्टै निवेदन प्राप्त भएको कार्यालयले जनाएको छ । निवेदनमा जनताको करले तिरेको पैसालाई आफ्नै ठानी व्यापक अनियमितता गर्नु अपराध भएको उल्लेख गर्दै दोषीलाई अविलम्ब छानबिन गरी कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

 

पालिका खबरमा प्रकाशित समाचार सेयर गर्ने स्थानीयलाई समेत धम्की

 

पालिका खबरमा प्रकाशित समाचार सेयर गरेको विषयलाई लिएरसमेत गाउँपालिकाका जनप्रतिनिधिले स्थानीयलाई धम्क्याउने र हातपात गर्ने गरेको खुलासा भएको छ । गत बिहीबार गाउँपालिकाका स्थानीय युवा अनिल यादवलाई पालिकाको कार्यालयमै बोलाएर जनप्रतिनिधिको निर्देशनमा हातपात भएको एक युवाले पालिका खबरसँग गुनासो गरे ।


फोन गरेर पालिकामा बोलाइएको र समाचार सेयर र स्टाटस गरेको विषयलाई लिएर आफूमाथि हातपात भएको पीडित अनिल यादवको भनाइ छ । स्टाटस र समाचार किन सेयर गरेको भन्दै जनप्रतिनिधिकै अगाडि केही युवाले हातपात गर्दा पनि उनीहरू मुकदर्शक बनेको यादवले बताए ।

 

यस्ताे थियाे समाचार

 

सोनमा गाउँपालिकामा अनियमितताको चाङ

पालिकाका अध्यक्ष यादव भन्छन्: लेखापालले जिम्मा लिनुपर्छ 

 

यसो भन्छन् अध्यक्ष यादव

सोनमा गाउँपालिकाको विकास देख्न नचाहने केही व्यक्ति राम्रा कामलाई विफल बनाउन लागिपरेका छन् । जनतालाई असर पार्ने खाले कुनै काम गरेको छैन । निराधार आरोपलाई प्रमाणित गरेर देखाउन चुनौती दिन्छु ।


राजनीतिक स्वार्थका लागि केही व्यक्ति परिचालन भएको बताउँदै अध्यक्ष यादवले भने, ‘बहुसंख्यक जनता मेरै साथमा छन् । केही विकासविरोधीले मलाई विफल बनाउन लागिपरेका हुन् ।’


आलोचनाभन्दा कामलाई केन्द्रबिन्दुमा राख्ने भएकाले कसले के भन्छ भन्ने विषयमा ध्यान दिन नसकेको अध्यक्ष यादवको भनाइ छ ।