close

पालिकाको उर्दीः लालपुर्जा ल्याऊ, २ बोट कागती सित्तैमा लैजाऊ

पालिकाको उर्दीः लालपुर्जा ल्याऊ, २ बोट कागती सित्तैमा लैजाऊ

Trulli
ADVERTISEMENT

काठमाडौं- स्थानीय सरकार आफ्ना नागरिकलाई सेवा सुविधा दिने होडमा छन् । कसैले सित्तैमा भैँसी दिएका छन् भने कसैले बिना धितो व्यवसाय गर्न ऋण । 

 

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा १० पनि यो मेसोबाट के कम । उसले योजना बनायो वडाका हरेक घरमा दुइवटा विरुवा लगाउने । 

 

आन्तरिक योजना बनाएपछि नागरिकलाइ के  विरुवा दिने भन्ने लामो छलफल भयो । अन्नत निष्कर्ष निस्कियो-वडाभित्रका हरेक घरलाई दुईवटा कागतीको बोट निःशुल्क दिने । 

 

योजना बमोजिम आजबाट वितरण गरिने भनिएको कागतीको विरुवा लिने सर्त भने गज्जवको छ । वडाले आफ्नो फेसबुक पेजमा राखेको सूचना अनुसार कागतीको विरुवा लिन वडावासीले नागरिकताको फोटोकपी त पेश गर्नुपर्छ नै, घरको लालपुर्जा वा तिरो तिरेको रसिद पनि वडालाई वुझाउनु पर्नेछ । 


वडाले वडाका घरधनी हुन होइनन् भनेर पहिचान गर्न लालपुर्जा मागेको जनाएपनि नगरवासीले भने दुईवटा कागतीको बोट लिन लालपुर्जा नै माग्ने वडा कार्यालयको निर्णयप्रति आश्चर्य व्यक्त गरेका छन् । 

 

वडा सचिव नबिन्द्र तामाङले जारी गरेको सूचना अनुसार कति वडावासी कागती लिन लालपुर्जा बोकेर वडा कार्यालय पुग्ने हुन त्यो भने हेर्न बाँकी छ ।