close

घोडाहा खोला पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

घोडाहा खोला पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

रूपन्देही– बिहीबार रातीदेखि परेको निरन्तरको वर्षापछि आएको बाढीका कारण रूपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ ।

 

पुल भासिएपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नम्बर १० लन्डनब्रिजस्थित पूर्व–पश्चिम राजमार्गको सडक खण्ड बासा, भुताहा र सुनवल नगरपालिका वडा नम्बर १२ बडेरास्थित रहेको ड्राइभर्सन पनि बाढीले बगाएको छ ।

 

लगातारको वर्षाका कारण तिनाउ, कपिलवस्तु वाणगंगा नदी आसपास क्षेत्रमा जोखिम बढेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार अविरल वर्षाका कारण रूपन्देहीको तिलोत्तमाको भैरहवा, भलबारी, मणिग्राम, सैनामैनाको ढवाहा क्षेत्र, मर्चवार तथा नवलपरासीको गैडाकोटका साथै परासीबजारलगायत ठाउँ डुबानमा परेका छन् ।

 

यस्तै, निरन्तरको वर्षाका कारण तिनाउ, दानव, रोहिणी तटीय क्षेत्र पनि डुबानमा परेको छ । मानवीय क्षति भने अहिलेसम्म केही नभएको प्रहरीले बताएको छ ।