close

जोखिममा बुटवल बजार, पहिरोमा थप ७ घर पुरिए 

जोखिममा बुटवल बजार, पहिरोमा थप ७ घर पुरिए 

Trulli
ADVERTISEMENT

रूपन्देही–बुटवलमा आइतबार बिहानदेखि पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौँ घर जोखिममा परेका छन् ।

 

निरन्तरको वर्षाका कारण जोखिम न्यूनीकरणका काम गर्नसमेत समस्या भएको उद्दारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् । आइतबारसम्म २ दर्जन बढी घरमा पसेको बाढी सोमबार थप ७ घरभित्र पसेको हो ।

 

पहिरोले अमर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मनकुमारी शर्मा, ईश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । 

 

वर्षा नरोकिए र लेदो नरोकिए अझै दर्जन बढी घरमा क्षति पुग्न सक्ने सुरक्षा निकायले जनाएको छ । पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् ।

 

पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने सुरक्षा निकायले बताएका छन् ।

 

०३८ र ०५५ को बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो । ज्योतिनगरमा २० भदौ ०५५ मा चुरे पहाडै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।