close

अपांगता भएकालाई छिन्नमस्ताले बाँड्यो बैसाखी

अपांगता भएकालाई छिन्नमस्ताले बाँड्यो बैसाखी

Trulli
ADVERTISEMENT

सप्तरी–सप्तरीको छिन्नमस्ता गाउँपालिकाले अपांगता भएकालाई ह्विलचियर तथा बैसाखी वितरण गरेको छ । अपांगता समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष उषाकुमारी मण्डलले १८ अपांगता भएकालाई ह्विलचियर तथा ५२ जनालाई बैसाखी वितरण गरेकी हुन् । 

 

कार्यक्रममा पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत महेशकुमार शर्मा, वडा नम्बर १ का वडाध्यक्ष विनोदकुमार यादव, २ नम्बर वडाध्यक्ष चुनचुन साह, ३ नम्बर वडाध्यक्ष दीपेन्द्रकुमार यादव, ५ नम्बर वडाध्यक्ष शिवशंकर पण्डित, ६ नम्बर वडाध्यक्ष वीरेन्द्र साहलगायतको उपस्थिति थियो ।