close

रोकिएको भत्ता माग गर्दै वृद्धवृद्धाले गरे चक्काजाम

रोकिएको भत्ता माग गर्दै वृद्धवृद्धाले गरे चक्काजाम

Trulli
ADVERTISEMENT

रौतहट–रौतहटको गरुडा नगरपालिकाका वृद्धवृद्धाले रोकिएको सामाजिक भत्ता समयमै पाउनुपर्ने माग गर्दै चक्काजाम गरेका छन् । गत साउनदेखिको वृद्धाभत्ता उपलब्ध नगराएको भन्दै उनीहरूले विरोधस्वरूप चक्काजाम गरेका हुन् ।

 

भत्ताको रकम नआएपछि चिसो मौसममा आफूहरूले न्याना कपडा खरिद गर्न नपाएको उनीहरूको गुनासो छ । नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीका कारण समयमा भत्ता पाउनबाट वञ्चित हुनुपरेको उनीहरूले बताए ।

 

रौतहटका विभिन्न स्थानीय तहले समयमा वृद्ध तथा पोषण भत्ता वितरण गर्न सकेका छैनन् । सम्बन्धित निकायको ध्यानाकर्षण गराउन बाध्य भएको चक्काजाम गर्नुपरेको उनीहरूले दाबी गरे । गरुडा नगरपालिकाले यो महिनाभित्रै रोकिएको सामाजिक भत्ता लाभग्राहीको खातामा राख्ने बताएको छ ।