close

दैलेख बस दुर्घटना हुँदा चारजनाको मृत्यु

दैलेख बस दुर्घटना हुँदा चारजनाको मृत्यु

Trulli
ADVERTISEMENT

दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा चारजनाको ज्यान गएको छ । 

 

कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

 

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले जानकारी दिए ।

 

बसमा सवार घाइतेहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।