close

जिल्ला समन्वय समितिको बैठक जेठ ३१ गते

जिल्ला समन्वय समितिको बैठक जेठ ३१ गते

Trulli
ADVERTISEMENT
  • अर्जुन बिस्ट

रुकुम पस्चिम । जिल्ला समन्वय समिति  रुकुम पस्चिमको निर्वाचन यही जेठ ३१ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार जेठ २३ गते मतदाता नामावली प्रकाशन हुनेछ । २४ गते मतदाता नामावली मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने, २५ गते मतदाता नामावली उपर उजुरी गर्ने, उजुरी उपर जाँचबुझ गर्ने र २६ गते मनोनयन दर्ता गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ्।

२७ गते उम्मेदवार उपर उजुरी गर्ने, २८ गते मनोनयन पत्रको जाँचबुझ र उजुरी उपर छानबिन  गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने र २९ गते उम्मेदवारी फिर्ता, उम्मेदवारको सूची प्रकाशन गर्ने, उम्मेदवारको विरोधमा उजुरी दिने, मनोनयन पत्र जाँच गर्ने र उजुरीउपर निर्णय गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम अघि सारिएको छ ।

३० गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने र जेठ ३१ गते  मतदान गर्ने कार्यक्रम तय गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।