close

फेसबुके प्रेमीलाई विश्वास गर्दा सामूहिक बलात्कारमा परिन् किशोरी

फेसबुके प्रेमीलाई विश्वास गर्दा सामूहिक बलात्कारमा परिन् किशोरी

Trulli
ADVERTISEMENT

बाँके । फेसबुकबाट लभ परेर प्रेमीको आग्रहमा जन्मदिन मनाउन पुगेकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । किशोरीमाथि बलात्कार गरेको अभियोगमा प्रहरीले किशोरीका प्रेमी हेमराज थारुसहित ७ जनालाई पक्राउ गरेको छ ।

राप्ती गाउँपालिकाकी ती किशोरीको जन्मदिन मनाउन बाँके र बर्दियाको सिमानामा पर्ने मानखोलामा हेमराजले बोलाएर दिउँसो घुमफिर गरी साँझ सामूहिक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बाँके प्रहरीले बलात्कार अभियोगमा हेमराज थार र उनका साथीहरू विक्रान्त थारु, निराजन थारु, प्रविण थारु, राजकुमार थारुसहित सहयोगीका रुपमा विश्वनाथ थारु र निर्देशन थारुलाई पक्राउ गरेको छ ।

बाँकेका प्रहरीका अनुसार अनुसार बैजनाथ गाउँपालिका-८ का १७ वर्षीय हेमराज थारु र ती किशोरी एक वर्षअघि फेसबुकमा साथी बनेका थिए ।

बलात्कारपछि बेहोस अवस्था भएकी किशोरीलाई भे. ३ प ३५२७ नम्बरको मोटरसाइकलको बीचमा राखेर लैजाँदै गर्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।