close

फर्पिङ जङ्गलमा युवायुवती मृत फेला

फर्पिङ जङ्गलमा युवायुवती मृत फेला

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित फर्पिङको जङ्गलमा दुई जना मृतावस्थामा फेला परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेश मैनालीले एकजोडी युवायुवती मृतावस्थामा फेला परेको जानकारी दिए । उनले मृतावस्थामा भेटिएका व्यक्ति अन्दाजी २२/२३ वर्षको भएको बताए । 

मृतावस्थामा भेटिएका ती व्यक्तिको सनाखत हुन नसकेको र मृत्युका कारण पनि नखुलेको प्रवक्ता मैनालीले बताए । घटनास्थलमा अहिले प्रहरीको टोली पुगेको छ ।