close

डिपार्टमेन्ट स्टोरबाट भित्री वस्त्र चोर्ने पक्राउ

डिपार्टमेन्ट स्टोरबाट भित्री वस्त्र चोर्ने पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । योयोसो डिपार्टमेन्ट स्टोरबाट भित्री वस्त्रदेखि इलेक्ट्रिक सामानसम्म चोरी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-९ गौशाला घर भई हाल वडा-४ मा बस्‍ने ५१ वर्षीय मुना सिंहलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई जेठ २३ गते सोमबार चण्डोलबाट काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

सिंहको साथबाट हाते पंखा दुई थान, हुक चार थान, ऐना एक थान, टावेल ९ थान, जेन्स अन्डरवेयर ३ थान र स्पीकर एक थान बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनीमाथि आवश्‍यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।