close

ओलीको फोटो मैले राखेको होइन : मेयर सुवेदी

ओलीको फोटो मैले राखेको होइन : मेयर सुवेदी

Trulli
ADVERTISEMENT

तनहुँ । भिमाद नगरपालिका मेयरको कार्यकक्षमा राष्ट्रपति, प्रधानमन्त्रीसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो टाँस गरिएको छ । भिमाद नगरपालिकाका मेयर दधिराम सुवेदीको कार्यकक्षको पछाडिपट्टी प्रष्ट देखिने गरी ओलीको फोटो टाँस गरिएको हो । 

मेयर सुवेदीको कार्यकक्षमा क्रमशः माथिबाट राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष ओली र त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो टाँस गरिएको छ । 

तर यसबारे आफूलाई जानकारी नै नभएको मेयर सुवेदीले पालिका खबरलाई बताए । 'म आउँदा अलरेडी थियो, यो राख्नुपर्ने कि नराख्नुपर्ने मलाई जानकारी पनि छैन, कहिले राखिएको रहेछ, म प्रशासकीय अधिकृतसँग बुझ्छु,' उनले पालिका खबरसँग भने । 

सरकारी कार्यालयमा राष्ट्रपतिसँगै प्रधानमन्त्री र पार्टीको कार्यालयमा अध्यक्षसँगै पूर्वअध्यक्षहरू फोटो टाँस गर्ने प्रचलन छ । तर भिमाद नगरपालिमामा एमालेबाटै सुवेदी निर्वाचित हुनु र एमाले अध्यक्षकै फोटो टाँस गरिनुले सामाजिक सञ्जालमा केपी ओली पूर्वप्रधानमन्त्री हुन् भन्ने कुरासमेत गौण हुने गरी आलोचना भइरहेको छ । 

यस नगरपालिकामा अघिल्लो निर्वाचनमा पनि एमालेकै मेखबहादुर थापा विजयी भएका थिए । साथै नगरपालिकाका मेयर सुवेदीसँगको कुराकानीमा आजको दैनिक कार्य पनि शेयर गरे । मेयर सुवेदीका अनुसार भिमाद नगरपालिका-५ को भवन निर्माणस्थलको आज अवलोकन गरिएको छ । अवलोकनको क्रममा भू-बनोट कमजोर हुनसक्ने देखिएकोले प्राविधिक टोलीले यसबारे अध्ययन गरेर भवन निमार्ण वा रद्द गर्ने निर्णय गरिने उनले बताए ।