close

आधा किलो सुनसहित टीआईएबाट एकजना पक्राउ

आधा किलो सुनसहित टीआईएबाट एकजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५१६.५ ग्राम सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आएका धुनषाका जितेन्द्रकुमार यादव सुनसहित पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले चेकजाँच गर्ने क्रममा ती युवाले लगाइराखेको भित्री वस्त्रमा फल्स पकेट बनाई विस्कुट आकारको ४६६.५ ग्राम सुन र सिक्री आकारको ५० ग्राम गरी कुल ५१६.५ ग्राम सुन फेला पारेको जानकारी दिए । 

बरामद सुनसहित युवामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।