close

काठमाडौंको फोहोर उठाउनेबारे १८ बुँदे सहमति, स्थानीयको अवरोध हट्ने (सहमति पत्रससहित)

काठमाडौंको फोहोर उठाउनेबारे १८ बुँदे सहमति, स्थानीयको अवरोध हट्ने (सहमति पत्रससहित)

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बन्चरेडाँडामा बिसर्जन गर्नेबारे प्रभावित क्षेत्रका बासिन्दा र काठमाडौं महानगरबीच सहमति भएको छ । 

प्रभावित क्षेत्रका जनप्रतिनिधि र महानगरबीच गएराति सहमति भएपछि फोहोर विसर्जनमा हुँदै आएको अवरोध हट्ने भएको हो । दुई पक्षबिच फोहोर ढुवानी रातिको समयमा गर्ने, रातिको लागि आवश्यक पूर्वाधार बत्ती तथा बाटोको निर्माण तीन महिनाभित्र गर्ने, सिसडोल र बञ्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, सहरी विकास मन्त्रालयमा भएको प्रतिबद्धताको कार्यान्वयन गर्न पहल गर्ने लगायत १८ बुँदे सहमति भएको छ।

गएराति १ बजे सकिएको बैठकमा आन्दोलनरत स्थानीयदेखि वडा अध्यक्षहरूको उपस्थिति थियो। उनीहरूले केही दिनअघि महानगर र पालिका प्रमुखबीच भएको सम्झौता मानिरहेको नमान्ने भन्दै विरोध गर्दै आइरहेका थिए । 

यसअघि सोमबार ककनी र धुनबेसीका पालिका प्रमुख, महानगर र शहरी विकास मन्त्रालयबीच सहमति भई मंगलबार फोहोर बाकेर बन्चरेडाँडा गएका गाडी काठमाडौं फर्काइएको थियो । 

सहमति पत्रमा काठमाडौं महानगरका मेयर बालेन्द्र साह‚ सुनिता डंगोल‚ प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल प्रभावित क्षेत्रका ककनी गाउँपालिका-१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठ‚ वडा नम्बर २ का वडाध्यक्ष तिलकबहादुर लामा‚ धुनीवेशी नगरपालिका १ का वडाध्यक्ष श्रीमानबहादुर तामाङ र वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश हमालले हस्ताक्षर गरेका छन् .