close

सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

सडक भासिँदा पृथ्वी राजमार्ग अवरुद्ध

Trulli
ADVERTISEMENT

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिँदा सडक अवरुद्ध भएको छ । 

गए रातिदेखि परेको अविरल वर्षाका कारण साँखरको ड्याम नजिकैको सडक भाँसिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । 

प्रहरीका अनुसार करिब २० मिटर सडक भासिँदा सवारी आवागमन बन्द भएको हो । यस्तै, तनहुँको भानु नगरपालिका-३ कुर्कुना र १ रमाइलो डाँडामा पहिरोसँगै रुख ढलेकाले सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।