close

कार र मोटरसाइकल त्रिशुलीमा खस्यो, २ जनाको शव फेला

कार र मोटरसाइकल त्रिशुलीमा खस्यो, २ जनाको शव फेला

Trulli
ADVERTISEMENT

पृथ्वीराजमार्ग अन्तरगत  मुग्लिन–आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाईकल त्रिशुली  नदीमा खसेको छ । 

प्रहरीका अनुसार बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाईकल नदिमा खसेको हो । नदि किनारमा दुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।  कारमा कति जना सवार थिए भन्ने अझै पत्ता भने नलागेको प्रहरीको भनाइ  छ ।  मोटरसाइकलमा सवार व्यक्ति भने हाम्फालेर बाचेका छन् ।

सडक भासिँदा बिहान देखि दुई तर्फी सवारी आवागमन बन्द भएको हो । सडक मर्मत गर्न समय लाग्ने भएको कारण उक्त रूट भएर संचालन हुने सवारी साधनहरूलाई बैकल्पिक बाटो प्रयोग गर्न जिल्ला प्रहरी कार्यालय तनहुँले अनुरोध गरेको छ ।

तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीका अनुसार भर्खरै  गोताखोर, उद्धारकर्ता र स्वास्थ्यकर्मीसहितको टोलीलाई घटना स्थलमा परिचालन गरिएको छ ।