close

अटिजम केयर नेपालद्वारा अभिव्यक्ति प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

अटिजम केयर नेपालद्वारा अभिव्यक्ति प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । अटिजम केयर नेपाल सोसाइटीले अटिजम भएका विद्यार्थीको अभिव्यक्ति प्रवर्द्धनका लागि एक कार्यक्रम गरेको छ । 

विश्व अटिजम जनचेतनाको अवसरमा अस्ट्रेलियन सरकारको सहयोगमा नेपाल ओलम्पिक कमिटी र स्पोर्टस फर अल कमिसनको सहकार्यमा शुक्रबार याक प्यालेस पुलचोकमा सो कार्यक्रम गरेको हो । 

कार्यक्रममा अटिजम भएकाहरूलाई चित्र, गीत, उनीहरुले उत्पादन गरेका वस्तु प्रदर्शन गरी उनीहरूलाई प्रोत्साहन गरिएको थियो ।  

कार्यक्रममा ले बालबालिका, अभिभावक तथा शिक्षक तथा शिक्षिका प्रफुल्लित देखिन्थे । 

अस्ट्रेलियन एम्बेस्डर एच इ फेलिसिटी भोल्कले विकासात्मक अपांगता भएका विद्यार्थीको अभिव्यक्तिमा प्रभावकारिता होस् भनेर कार्यक्रम गरिएको बताए । 

‘अन्य बाललिकाजस्तै अपांगता नभए पनि आफ्ना कुरा गर्न गाह्रो पर्ने भएकाले अभिव्यक्तिमा प्रभावकारिता होस् भनेर यो कार्यक्रम गरिएको हो ।’

यस्तै,  अभिभावक शान्ति लिम्बूले आफ्ना बच्चाले गरेको आर्ट देखेर आफूलाई खुसी लागेको बताइन् । 

 

‘हाम्रो बच्चा जस्तो छ हामीले त्यस्तै स्वीकार्य । मेरो बच्चाले घरको वातावरणमा भन्दा यहाँ  आर्ट गरेको देख्दा खुसी लाग्यो । यसखालका कार्यक्रम अझै भए राम्रो प्रभाव पर्ने थियो, उनले भनिन् । 

 

यस्तै, अटिजम केयर नेपालकी अध्यक्ष डा। सुनिता मलेकु आमात्यले अपाङ्गमा पनि विकासात्मक अपाङ्ग भएका बालबालिकालाई सञ्चार समस्या भएको बताउँदै अटिजम  (बौद्धिक अपाङ्गता), डाउन सिन्ड्रोम (मस्तिष्क पश्चघात) भएकाहरूले शब्दले व्यक्त नसक्ने, कथा (बेथा प्रस्तुत गर्न नसक्ने भएकाले कलाको माध्यमबाट भावनात्मक कुरा व्यक्त गर्ने बताइन् । 

‘संचारको सम्पर्कमा ल्याउने भएकाले  सहभागी गरिएको हो। यस किसिमका भाइबहिनीहरू घरमै सीमित हुने, बाहिरी समुदायमा नजाने भएकाले समुदायसँग उनीहरूको सहभागिता बढाउन कार्यक्रम गरिएको हो,’ उनले भनिन् ।