close

सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्रहत्या अभियोगमा दुईजना पक्राउ

सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्रहत्या अभियोगमा दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । सामाजिक सञ्जालबाट नाबालिका र महिालको चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा प्ररहीले काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय विकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ का २० वर्षीय भोजकुमारी दाहाल पक्राउ परेका हुन् । 

अश्लिल भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको उनीहरूमाथि आरोप छ । 

पछिल्लो समय  सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने घटना गर्ने क्रम दिन प्रतिदिन बढ्दै गइरहेको छ ।