close

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

कटुवा पेस्तोलसहित दुईजना पक्राउ

Trulli
ADVERTISEMENT

रौतहट । यहाँ कटुवा पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ईशनाथ नगरपालिका-४ महुलिया बस्ने ३० वर्षीय रामबाबु सिंह र भारत विहार ग्राम पर्सा बस्ने ४० वर्षीय कृष्ण साहलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूबीच लेनदेनको विषयमा विवाद भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी  मठियाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पेस्तोलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।