close

कस्तो रहला आज दिनभरीको मौसम ?

कस्तो रहला आज दिनभरीको मौसम ?

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपालमा आज मनसुनी वायुको सामान्य प्रभाव छ । स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १ र मधेश प्रदेश लगायत देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली देखि मौसम सफा रहेको छ । प्रदेश १ र मधेश प्रदेशका एक दुई स्थानहरूमा थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ । 

महाशाखाले प्रदेश १, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेश र अन्य प्रदेशका पहाडी भू–भागहरूका एक दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

त्यस्तै, आज राति प्रदेश १, मधेश प्रदेश , बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का केही स्थानहरू र अन्य प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।