close

हेलिकोप्टरबाट माइलाको उद्धार गरी प्रहरीलाई जिम्मा

हेलिकोप्टरबाट माइलाको उद्धार गरी प्रहरीलाई जिम्मा

Trulli
ADVERTISEMENT

नुवाकोट । २२० केभी विद्युत प्रशासन लाईनमा चढेर दिनभर तनाव दिएका माइला विकको उद्धार भएको छ ।  

विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार नेपाली सेनाको उद्धार टोली उद्धार गरेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले पालिका खबरलाई जानकारी दिनुभयो ।

नेपाली सेनाले उनको उद्धार गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटमा बझाएका छन् । नुवाकोटकै बेलकोटगढी घर भएका उनको मानसिक सन्तुलन बिग्रिएको भनिएकोले उपचार गर्ने तथा आवश्यक काम कारबाही हुने प्रजिअ रिसालले बताए ।