close

शहीद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा सारी वितरण

शहीद दशरथ ठाकुर स्मृति प्रतिष्ठानद्वारा सारी वितरण

Trulli
ADVERTISEMENT

सप्तरी । शहीद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीद्वारा विपन्न परिवारका महिलालाई सारी वितरण गरेका छन । 

शहीद दशरथ ठाकुर स्मृति दिवसको अवसर पारेर प्रतिष्ठानले विपन्न तथा असहाय परिवारका महिलाहरुलाई सारी वितरण गरेका हुन । शहीद दशरथ ठाकुर स्मृति प्रतिष्ठान सप्तरीका अध्यक्ष कबिता ठाकुरको अध्यक्षता तथा प्रमुख अतिथी नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुर्यनाथ यादवको विपन्न तथा असहाय परिवारका महिलाहरूलाई सारी वितरण गरेका हुन् । 

राजविराज नगरपालिका वडा ७ र ८ का विपन्न तथा असहाय परिवारका २५ जना महिलाहरुलाई सारी वितरण गर्दै प्रमुख अतिथि यादवले गणतन्त्र शहीदहरुको वलिदानको कारण मुलुकमा गणतन्त्र आएको बताए ।

कार्यक्रममा  पूर्वसांसद लक्ष्मी चौधरी, मधेश प्रदेश सांसद प्रमिला यादव, माओवादी केन्दका मधेश प्रदेश सदस्यद्वय महेशप्रसाद यादव,छेदी रजक, शहीद परिवारका रिता चौधरी, राजविराज नपा–८ का वडाध्यक्ष जयनारायण मण्डल, राजविराज नपाका उपप्रमुखका प्रत्याशी प्रमिला साहलगायत सहभागी थिए ।