close

माछा मार्न गएका दुईजनाको मृत्यु

माछा मार्न गएका दुईजनाको मृत्यु

Trulli
ADVERTISEMENT

तनहुँ ।  माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएको छ । भानु नगरपालिका–२ मोहरिया गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी २२ वर्षीय सागर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनीहरुमा मामा र फुपूको छोरा रहेका छन्। मिलेर माछा गएका उनीहरु पौडी खेल्दा डुबेर मृत्यु भएको स्थानीय राजेश कार्कीले जानकारी दिए।

भानु नगरपालिका–२ र ५ को सिमानामा पर्ने चुदीखोलामा पौडी खेल्ने क्रममा उनीहरुको डुबेर मृत्यु भएको भानु इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।