close

सिटी एक्सप्रेसले निःशु्ल्क सार्वजनिक शौचालय उपलब्ध गराउने

सिटी एक्सप्रेसले निःशु्ल्क सार्वजनिक शौचालय उपलब्ध गराउने

Trulli
ADVERTISEMENT

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो प्रमुख कार्यालय, कमलादीमा रहेको शौचालयलाई निःशुल्क रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिइने भएको छ । 

काठमाडौंस्थित आफ्नो प्रमुख कार्यालयको शौचालयलाई निःशु्ल्क सार्वजनिक शौचालयको रूपमा उपलब्ध गराउन काठमाडौं महानगरपालिकासँग सम्झौता गरेको हो । 

सम्झौताअनुसार काठमाडौ महानगर प्रहरी बलका प्रमुख धनपती सापकोटाद्वारा सिटी एक्सप्रेस मनी ट्रान्सफरका चिफ बिजनेस अफिसर श्याम लामिछानेलाई संकेत बोर्ड हस्तान्तरण गरिएको थियो ।  

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै “जहाँ नेपाली, त्यहाँ सिटी एक्सप्रेस” भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दै बिगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १५,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत भुक्तानी गर्दै आइरहेको छ ।