close

हाजिरी आधारमा मात्र काठमाडौं महानगरले कर्मचारीलाई तलब दिने

हाजिरी आधारमा मात्र काठमाडौं महानगरले कर्मचारीलाई तलब दिने

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगरपालिकामा कार्यरत कर्मचारीले हाजिरीका आधारमा मात्र तलब पाउने भएका छन् । 

महानगरपालिकाले एक सूचना निकाल्दै समयमै कार्यलयमा उपस्थित नहुने र हाजिर नगर्ने कर्मचारीको तलब कटौती गर्ने चेतावनी दिएको हो ।

महानगरको हाजिर हेर्दा वेबसाइटमा कतिपय कर्मचारीको हाजिर नगरिएको पाइएको हुँदा विभाग वडामा कार्यरत कर्मचारीहरूको विवरण प्रशासन विभागको जिमेलमा पठाउन निर्देशन दिएको हो । 

अनुपस्थित हुनुको कारण स्पष्ट नखुलाएसम्म असार महिनाको तलब नबन्ने महानगरपालिकाको सूचनामा उल्लेख छ ।