close

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेँ : प्रधान सेनापति

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई भनिसकेँ : प्रधान सेनापति

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले हालै सार्वजनिक भएको अमेरिकन सहयोग स्टेट पार्टनरसिप सहयोग (एसपपी) का बारेमा कुनै पत्र नआएको बताएका छन् ।

संघीय संसदको अन्तर्राष्ट्रिय सबन्ध समितिको छलफलमा धारणा राख्दै शर्माले हालै सार्वजनिक भएको १० बुँदे प्रस्तावका बारेमा नेपाली सेना जानकार नभएको बताएका हुन् । 

साथै सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकालाई आफूले भनिसकेको बताएका छन् । अमेरिकी सरकारले एसपीपीमा हस्ताक्षर गराउनका लागि दबाब दिएको भन्ने टिकाटिप्पणी भइरहेको बेला प्रधासेनापति शर्माले अमेरिका भ्रमण विशुद्ध मैत्रीपुर्ण भएको पनि बताएका हुन् । 

प्रधानसेनापति राणाले सैन्य गठबन्धनसहितको एसपीपी सहमति नेपाली सेनालाई कुनै पनि हालतमा मान्य नभएको बताए । 

प्रधानसेनपति शर्मा शनिबार लेवनान जाने र त्यसको एक हप्तापछि अमेरिका जाने कार्यक्रम छ ।