close

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

प्रधानसेनापति शर्मा लेवनान प्रस्थान

Trulli
प्रधानसेनापति प्रभुराम शर्मा
ADVERTISEMENT

काठमाडौं । शनिबार प्रधानसेनापति पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि आज लेवनान प्रस्थान गरेका छन् । 

प्रधानसेनापति शर्मा ७ सदस्यीय टोलीसहित द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न शर्मा लेवनान गएका बताइएको छ । 

भ्रमणदलले यही असार १० गतेसम्म यूएनको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरु तैनाथ मिसनहरूको निरीक्षण, मिसनको वस्तुस्थिति, अपरेशनल गतिविधि, फौज तैनाथीको अवस्थालगायतको जानकारी लिनेछ ।

यस भ्रमणपश्चात प्रधानसेनापति शर्माले यही असार १३ गते अमेरिका जाने कार्यक्रम रहेको छ ।