close

कामदारबीच कुटपिट हुँदा एकको मृत्यु, तीनजना पक्राउ

कामदारबीच कुटपिट हुँदा एकको मृत्यु, तीनजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखामा कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखा नगरपालिका–१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय दिपेन लिम्बुको हत्यामा संलग्न मोरङ घर भई टोखा बस्ने ४० वर्षीय खगेन्द्र लिम्बुसहित तीन जनालाई गएराति पक्राउ गरेको हो ।

टोखा–१ मालुङस्थित निर्माणाधीध घरमा काम गर्ने कामदारबीच एकापसमा झगडा हुँदा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कुटपिटमा संलग्न तीनै जनालाई पक्राउ गरेकाले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।