close

छुट्टाछुट्टै स्थानमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

छुट्टाछुट्टै स्थानमा जिप दुर्घटना हुँदा २ को मृत्यु, ६ जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ ।

राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटना हुँदा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइते हुनेमा बनगाड कुपिण्डे नगरपालिका-४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति दुर्घटनामा परेको हो । दुर्घटनामा बनगाड कुपिण्डे नगरपालिका ४  देउलीका मोतिलाल बुढा, मन बुढा, सहदेव बुढा, चित्रबहादुर बुढा, हरिमाया बुढाथोकी र गोपाल बुढा छन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाका अनुसार घाइते सबैको सल्लीबजारमा उपचार भइरहेको छ ।