close

काठमाडौंबाट हराएको नाबालक भारतबाट उद्धार

काठमाडौंबाट हराएको नाबालक भारतबाट उद्धार

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीले भारतको पटनाबाट एक नाबालकको उद्धार गरेको छ । गत असार १ गते काठमाडौं महानगरपालिका–३१ स्थित नगेन्द्रकान्छा चोकबाट हराएका १४ वर्षीय नवीन रुवालीलाई प्रहरी वृत्त बानेश्वरको टोलीले भारतको पटनाबाट उद्धार गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्ष दिनेशराज मैनालीले क्रिकेट खेल्न जाने बाहनामा बुधबार काठमाडौँबाट हराएका रुवालीलाई शनिबार भारतको पटनाबाट उद्धार गरिएको जानकारी दिए । 

नाबालकका दाजु भरत रुवाली सार्कीले भाइ हराएको निवेदन दिएका आधारमा प्रहरीले भारतमा आइपिएस तालिम गरेका नेपाली प्रहरी र भारतीय प्रहरीको निरन्तर समन्वय र सहकार्यमा नाबालक नवीनलाई सकुसल उद्धार गरिएको प्रवक्ता मैनालीले बताए । 

भारतको गन्यापधुरा गाउँपालिका–१ घर भएका रुवालीलाई भारतको पटनास्थित रेल्वे स्टेशनबाट सकुशल उद्धार गरी काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।