close

भिआइपी उडानमा दुई जना पाइलट अनिवार्य गर्न ६ बुँदे निर्देशन

भिआइपी उडानमा दुई जना पाइलट अनिवार्य गर्न ६ बुँदे निर्देशन

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले भिआइपीको हेलिकप्टर उडानमा दुई जना पाइलट अनिवार्य गर्न भन्दै ६ बुँदे निर्देशन  दिएको छ ।

उडान सुरक्षालाई थप सुदृढीकरण गर्न तथा उडान सञ्चालन कार्यलाई थप व्यवस्थित बनाउन आइतबार ६ बुँदे निर्देशन दिंदै प्राधिकरणले यस्तो निर्देशन दिएको हो ।

प्राधिकरणले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले तोकेको विशिष्ट व्यक्ति (भिआइपी) को उडानमा दुई जना हेलिकप्टर पाइलट अनिवार्य राख्न भनेको हो ।

हेलिकप्टरको प्रत्येक उडान पूर्व प्रयोग गर्ने गरी उडान सुरक्षा जोखिम मूल्यांकन र जोखिम न्यूनीकरणका लागि एक स्वचालित प्रणाली सञ्चालनमा ल्याउन वायुसेवा कम्पनीहरुलाई निर्देशन छ ।