close

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मंगलबार सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै  सो जानकारी दिएका हुन् । 

 नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुर्याएको योगदानको कदर स्वरुप जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरिएको कार्कीले जानकारी दिए । 

सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेसँगै नेपालमा राष्ट्रिय विभूतिको संख्या १८ पुगेको छ ।

जय पृथ्वीबहादुर सिंह बझाङ्गी राजा हुन् । उनले १९५८ सालमा गोरखापत्र प्रकाशन गर्नमा उनको महत्त्वपूर्ण भूमिका थियो । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको  पहिलो पाठ्यपुस्तक मानिन्छ ।