close

अदुवाभित्र गाँजा, ट्रक चालक फरार

अदुवाभित्र गाँजा, ट्रक चालक फरार

Trulli
ADVERTISEMENT

जनकपुरधाम । सप्तरीमा सशस्त्र प्रहरीले अदुवामा गाँजा लुकाएर लगिरहेको मिनी ट्रक नियन्त्रणमा लिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित पूर्व-पश्चिम राजमार्गबाट को १ ख २९९५ नम्बरको मिनी ट्रकलाई चेकजाँच गर्दा गाँजा बरामद भएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

उक्त ट्रक, गाँजा र अदुवा सशस्त्र प्रहरी बेस क्याम्प हनुमाननगरका इन्स्पेक्टर किसमान तामाङ नेतृत्वको टोलीले मंगलबार मध्यरातिमा नियन्त्रणमा लिएको हो ।

ट्रकबाट गाँजा ७ पोका १७५ केजी र अदुवा ३५० केजी बरामद भएको इन्स्पेक्टर तामाङले जानकारी दिए । उनका अनुसार चेकजाँच गर्नुभन्दा अगाडि नै ट्रक चालक फरार भइसकेका थिए ।

बरामद ट्रक, गाँजा र अदुवा आज आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाएको जनाएको छ ।