close

न्यायाधीश र वकिलबीच १० करोडको बार्गेनिङ : न्यायपरिषद‍्को आकस्मिक बैठक

न्यायाधीश र वकिलबीच १० करोडको बार्गेनिङ : न्यायपरिषद‍्को आकस्मिक बैठक

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दिपककुमार कार्कीले बुधबार दिउँसो आकस्मिक रुपमा न्यायपरिषद‍्को बैठक बोलाएका छन् ।

साढे ५ अर्बभन्दा बढी ठगीको आरोपमा पक्राउ परेका सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौतीमा छाड्न आग्रह गर्दै वकिल रुद्रप्रसाद पोखरेलले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइरालालाई १० करोडको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बैठक बोलाइएको हो ।  

न्यूज २४ टेलिभिजनले नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष समेत रहेका रुद्रप्रसाद पोखरेल र काठमाडौंका जिल्ला न्यायाधीश कोइरालाबीचको करिब १० मिनेटको टेलिफोन संवाद सार्वजनिक गरेको हो ।

कुराकानीका क्रममा अधिवक्ता पोखरेलले सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न आग्रह गर्दै १० करोड रुपैयाँ रकम प्रस्ताव गरेका छन् । 

स्रोतका अनुसार यही विषयमा छलफल गर्न् कामु प्रधानन्यायाधीशले आज साढे १ बजेका लागि परिषद‍्को बैठक बोलाएका हुन् ।