close

काठमाडौंपछि ललितपुरमा पनि हैजाका बिरामी भेटियो

काठमाडौंपछि ललितपुरमा पनि हैजाका बिरामी भेटियो

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको हो । 

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार गत जेठ २ गतेमात्रै काठमाडौंको बागबजारका एकै घरका दुई दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो। 

उनीहरुको टेकु अस्पतालमै उपचार भइरहेको छ। हैजा संक्रमण देखिएपछि महाशाखाले केही दिनदेखि काठमाडौंको ढल, पानी, खाद्यलगायत नमूना संकलन गरिरहेको छ। 

पछिल्लो समय अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । त्यसैले भित्रभित्र कतै हैजा सङ्क्रमण फैलिएको त छैन भन्ने शङ्का उत्पन्न भएको सरुवारोग विशेषज्ञहरू बताउँछन् । 

गत वर्षको कृष‍णनगरमा जस्तै महामारीको रुपमा फैलन सक्ने भन्दै चिकित्शकहरूले पानी उमालेर वा क्लोरिन प्रयोग गरी पिउन, खानपान र सरसफाइमा ध्यान दिन आग्रह गरेका छन् । 

गत वर्ष कपिलवस्तुको कृष्णनगरमा ८५५ जनामा हैजा सङ्क्रमण पाइएको थियो भने चार जनाको मृत्यु भएको थियो ।