close

ममाथि न्याय परिषद‍्बाट छानबिन होस् : न्यायाधिश कोइराला

ममाथि न्याय परिषद‍्बाट छानबिन होस् : न्यायाधिश कोइराला

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूले कुनै अनुचित काम नगरेको बताएका छन् । 

इच्छाराज तामाङलाई धरौटीमा छाड्न घुस लेनदेन गर्नेबारे अधिवक्ता रूद्रप्रसाद पोखरेलसँग वार्ता गभएको अडियो बाहिरिए न्यायाधीश कोइरालाले आफूमाथि न्याय परिषद‍्बाट छानबिन हुनुपर्ने बताएका हुन् । 

'मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ, मबाट कुनै अनुचित कार्य भएको छैन, विभिन्न प्रभाव र दबावका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु, ममाथि न्याय परिषद‍्बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता वयक्त गर्दछु ।' उनले फेसबुमका लेखेका छन् ।