close

मिनी ट्रकसहित गाँजा प्रहरी नियन्त्रणमा

मिनी ट्रकसहित गाँजा प्रहरी नियन्त्रणमा

Trulli
ADVERTISEMENT

सप्तरी । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजबाट सशस्त्र प्रहरीले मिनि ट्रक सहित अबेध गाजा बरामद गरेकाे छ ।      

पूर्वपश्चिम लोकमार्गबाट को.१ ख २९२५ नम्बरको मिनी ट्रकबाट गाँजासहित अदुवा शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको हाे ।

भारदह वेस क्याम्पबाट खटिएको शसस्त्र प्रहरी निरिक्षक किसमान तामाङ्ग नेतृत्वको टोलीले गएराति शंका लागी चेम जाँच गर्न खोज्दा चालक र सह–चालक फरार भएको छ भने सो मिनी ट्रकमा ७ पोका लागु ओषध गाँजा अन्दाजी १ सय ७५ किलो,अदुवा अन्दाजी ३ सय ५० किला र को.१ ख २९२५ नम्बरको मिनी ट्रक –१ थान नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सप्तरीलाई बुझाएको प्रहरी निरिक्षक तामाङ्गले सञ्चारकर्मीलाई जानकारी दिए । 

फरार रहेका ट्रकका चालक र सह–चालकको खोजी भइरहेको  जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।