close

पहिरोबाट १०० भन्दा बढी घर डुबानमा

पहिरोबाट १०० भन्दा बढी घर डुबानमा

Trulli
ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिका-२५ हेम्जामा पहिरोले ३ घरमा क्षति गरेको छ । साथै १०० भन्दा बढी घरहरू डुबानमा परेका छन् ।

शुक्रबार साँझदेखि लगातार भएको वर्षाका कारण आएको पहिरोले सुई खेतका समथर भागमा रहेका घरहरू डुबानमा पारेको र भित्तातर्फ पहाडमा जोडिएको घरहरूमा क्षति पुर्‍याएको हो । पहिरो सहितको लेदो घरभित्र पस्दा मानवीय क्षति नभएको भए पनि घरभित्र रहेका सामग्रीहरूमा क्षति भएको छ। सुरक्षाकर्मी र स्थानीयले घरभित्रका कतिपय सामग्रीहरू भने निकालेर सुरक्षित स्थानमा राखेका छन् ।

पहिरोले गाई, भैँसी, कुखुरा र बाख्रा पालिएका दुई ओटा फार्महरू पुरिएको छ । खोलामा आएको बाढी र पहाडबाट समथर ठाउँमा जम्मा भएको बाढीका कारण सुई खेतका करिब एक सय भन्दा बढी घरहरू डुबानमा पारेको प्रहरीको भनाई छ । घरका भुईँ तलासम्म पानीले पुरिएपछि डुबानमा परेका घरका सदस्यहरूलाई सुरक्षित स्थानमा सारिएको छ।