close

मोरङका १६ कैदीबन्दीलाई कोरोना संक्रमण

मोरङका १६ कैदीबन्दीलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

मोरङ । मोरङ कारागारमा कोरोना संक्रमण  फैलिएको छ । केही दिनयता ३२ कैदीबन्दीमा ज्वरो आउने समस्या देखिएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पालिका खबरलाई बताए । 

दाहालका अनुसार ३२ मध्ये १८ जनालई अस्पताल भर्ना गरिएकोमा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । विराटनगर महानगरपालिका–८, हाटखोलास्थित  कारागारका १८ कैदीबन्दीमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा १६ जनामा संक्रमण देखिएको थियो ।

साथै एक कैदीको मृत्यु भएको छ ।  सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको प्रजिअ दाहालले बताए । तर मृतकको स्वाब परीक्षण गर्दा कोरोना नदेखिएको प्रजिअ दाहालले पालिका खबरलाई बताए ।