close

तम्घास बजार क्षेत्रको सरसफाइ सम्पन्न

तम्घास बजार क्षेत्रको सरसफाइ सम्पन्न

Trulli
ADVERTISEMENT

रुपन्देही । गुल्मीको सदरमुकाम तम्घास बजार क्षेत्रको सरसफाइ आज सम्मन्न भएको छ । जिल्ला प्रशासन  कार्यालयदेखि जिल्ला अस्पतालसम्मको फोहोर फोहोरहरू संकलन गरिएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख  खिलध्वज पन्थीले बताए । 

बजार क्षेत्रमा फोहोरहरू राख्ने डस्विनहरू भए पनि  जथाभावी रुपमा फालिएको फोहोरहरू आफ्नो नेतृत्वमा संकलन गरिएको नगरप्रमुख पन्थीले बताए। यो सरसफाइ अभियानलाई आगामी दिनमा बृहत रूपमा अगाडि बढाउने प्रतिबद्धतासमेत  पन्थीले व्यक्त गरे  ।

रेसुङ्गा नगरपालिका गुल्मीको आयोजना र नगर विकास तथा वातावरण संरक्षण संस्था तम्घास गुल्मीको सह–आयोजनामा सरोकारवालाहरको उपस्थितिमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।