close

३ महिनामा विपद‍्का घटनाबाट १२१ जनाको मृत्यु

३ महिनामा विपद‍्का घटनाबाट १२१ जनाको मृत्यु

Trulli
फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । पछिल्लो ३ महिनामा देशका विभिन्न स्थानमा बाढी, पहिरो, चट्याङ, आगलाजीजस्ता विपद‍्का कारण १२१ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन केन्द्रको तथ्यांक अनुसार १ बैसाखदेखि ३२ असारसम्म विपदका घटनाबाट १२१ जनाको मृत्यु भएको हो ।

यो तीन महिनाको अवधिमा चट्याङका कारण सबैभन्दा धेरै ५० जनाको मृत्यु भएको छ । त्यस्तै आगलागीबाट १९, पहिरोबाट १७ र जनावर आतंकबाट १२ जनाको मृत्यु भएको केन्द्रको तथ्यांक छ ।

विपद‍्का घटनाका कारण २ जना बेपत्ता भएका छन् भने २९९ जना घाइते भएका छन् । विपद‍्मा परी एक हजार ४०३ परिवार प्रभावित भएका छन । ६८ करोड ५२ लाख ४४ हजार ३६० रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको केन्द्रको तथ्यांक छ ।

केन्द्रले विपदका घटनामा बाढी पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, हावाहुरी, जनावर आतंक आदिलाई राखेको छ ।