close

बसले ठक्कर दिँदा एकको मृत्यु

बसले ठक्कर दिँदा एकको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका-१ रानीवनका २८ वर्षीय रोमन थापा मगरको मृत्यु भएको हो । 

शनिबार दिउँसो बालाजुको गंगा हल सडक खण्डमा दुर्घटना भएको हो। तारकेश्वर यातायातको पैयुटारबाट रत्नपार्क चल्ने बा ५ ख २८७२ नम्बरको बसले  बा ७० प ६१२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको उनले जानकारी दिए । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक मैनालीले बताए।

चालक गाडीसहित प्रहरी वृत्त बालाजुको नियन्त्रणमा लिएको जनाएको छ।