close

सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा

सडक बालबालिकाको मिर्गौला बिक्री गर्ने गिरोह प्रहरीको फन्दामा

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंका सडक बालबालिकालाई फकाएर भारतको कोलकाता पुर्‍याई मिर्गौला बिक्री गर्ने गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाहीलाई अदालतबाट म्याद थप गरी सोधपुछ गरेपश्चात फरार रहेका विधान र हिमाल श्रेष्ठ भनेर चिनिने धनबहादुर रोका र आशिष तामाङ छन् । 

प्रहरीका अनुसार उनीहरुले आफ्नो मिर्गौला बेचेपछि अन्यलाई प्रलोभनमा पारेर मिर्गौला बेच्नका लागि तयार पारेका थिए । 

प्रहरीले पक्राउ परेकामध्ये धनबहादुर मुख्य व्यक्ति रहेको र उनैले मिर्गौला ग्रहणकर्तासँग मिर्गौला प्रत्यारोपणको लागि मोलमलाई गर्ने ग्रहणकर्ताको आवश्यकता अनुसारको मिर्गौला दाता खोज्नका लागि आफ्ना सहयोगीलाई परिचालन गर्ने गरेको पाइएको बताएको छ ।

मिर्गौलादाता खोज्ने क्रममा सहयोग गर्ने आफ्ना सहयोगीलाई भूमिका अनुसार उनैले पैसा समेत वितरण गर्ने गरेका थिए । आरोपी धनबहादुरले नै पीडितलाई भारतमा लैजाने र मिर्गौला प्रत्यारोपणको काम सकिएपछि नेपाल फिर्ता ल्याउने गरेको पनि प्रहरीले दाबी गरेको छ । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै सो जानकारी दिएको हो ।