close

खरको छाना विस्थापित गरी ७७ घरमा जस्तापाताको छाना

खरको छाना विस्थापित गरी ७७ घरमा जस्तापाताको छाना

Trulli
ADVERTISEMENT

रुपन्देही । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकाले खरको छानो हटाएर जस्तापाताको छानो लगाउने अभियान सुरू गरेको छ ।

नगरपालिका क्षेत्रलाई खरको छानो मुक्त बनाउने अभियानअनुसार नगरभित्रका विपन्न वर्ग, दलित र गारिबिको रेखामुनि रहेका सैनामैनाका ७७ घरपरिवारलाई ७५ हजार रकम बराबरको जस्तापाता वितरण गरिएको हो ।

संविधानमा उल्लेखित मौलिक हकअन्तरगत गाँस, बास र  कपासको अभावमा रहेकालाई नागरिकलाई खाना लाउने र बस्ने व्यवस्थान गरपालिकाले गर्ने नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले बताए।

गर्मीमा आगलागीबाट बच्न र वर्षात‍्को समयमा पानी, झरी र हुरीबतासबाट पनि सुरक्षित रहन यो अभियान सुरु गरिएको नगर प्रमुख शर्माको भनाइ छ  ।

नगर प्रमुखशर्माले भने, 'जस्तापाता वितरणका लागि सैनामैनाले मापदण्ड बनाएको छ जसमा गरिब, विपन्न, असहाय घरपरिवारलाई छनोट गर्‍यो । त्यसपछि हामीले पहिले तथ्याङ्क सङ्कलनगर्‍योँ । प्राविधिक जाँचपछि हामीले जस्तापाता वितरण सुरु गरेका हौँ । ” मापदण्ड अनुरुप सैनामैनाका ११ वटै वडामा खरको छानो भएका ७७ घर परिवारलाई जस्तापाता वितरण गरिएको छ ।

सैनामैनाका ११ वटा वडाबाट छनोट भएका घरको वडागत विवरण अनुसार १ नम्बर वडामा ८ घर, २ नम्बर वडामा १४ घर, ३ नम्बर वडामा १० घर, ४ नम्बर वडामा १३ घर, ५ नम्बर वडामा ५ घर, ६ नम्बर वडामा ४ घर, ७ नम्बर वडामा ४ घर, ८ नम्बर वडामा ४ घर, ९ नम्बर वडामा ८ घर, १० नम्बर वडामा ५ घर र ११ नम्बर वडामा ४ घर गरी ७७ जना घरपरिवारलाई टिन वितरण गरिएको सूचना शाखा प्रमुख केशव अर्यालले बताए।

नगरपालिकाभित्र खरका छानालाई विस्थापित गरी पहिलो चरणमा  कुल ५७ लाख ७५ हजारको लागतमा ७७ घरमा जस्तापाता छाउने कार्य भइरहेको प्रमुख अर्यालले बताए।